+
+
Shares

नेकपा स्थायी कमिटी बैठक सुरु गर्न ओलीको प्रतीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १३:३५
फाइल तस्वीर

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका लागि नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका छन् । तर अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नआइपुगेका कारण बैठक सुरु हुन सकेको छैन ।

बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा छलफल गरेर प्रचण्ड बैठकस्थलमा आएका एक नेताले बताए ।

बुधबारको बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने एजेण्डा पूर्व निर्धारित छ । तर, मंगलबार मात्रै सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकाले यो विषयले पनि स्थायी कमिटीमा प्रवेश आउने संभावना छ ।

गएको मंसिर २१ देखि सुरु भएको स्थायी कमिटी बैठक चलिरहेकै अवधिमा ओलीले मंगलबार अध्यादेश ल्याए पछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताको बैठक मंगलबार खुमलटारमा बसेको थियो ।

गएको माघ २६ को स्थायी कमिटीले गरेको १५ बुँदे निर्णय पालना नभएको भन्दै ओली प्रति पार्टीभित्र असन्तुष्टि बढेको छ ।

यो विषयमा ओली र प्रचण्डले एकअर्कालाई आरोप लगाएर लेखेको पत्रहरुबारे सचिवालयले निकास दिन नसकेपछि स्थायी कमिटी बैठकमा छलफल चलिरहेको छ ।

*यसअघिको समाचारमा बैठक सुरु भएको भनी उल्लेख भएकामा भूलसुधारसहित सच्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?