
२ पुस, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार लघुवित्त समूहबाहेक रातम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ७० अंकले ओरालो लागेर २ हजार ३० दशमलव ५१ अंकमा झरेको छ ।
नेप्सेमा कारोबार हुने सबै समूहरु घटेर रातो देखिएका छन् । नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेर ओरालो लागेको छ । कारोबार रकम भने ६ अर्ब ७६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ ।
दिनभर भएका ६१ हजार ६ सय ४ कारोबारबाट १९५ कम्पनीका १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता सेयर किनबेच भएका छन् । अजअनुसार कारोबार रकम ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८ सय १५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सबै घटेर रातो देखिए पनि लघुवित्त भने ९.२८ अंकले उकालो लागेको छ । सबैभन्दा धेरै व्यापार समूह २ दशमलव ७९ अंकले ओरालो लागेको छ भने जीवन बिमा २ दशमलव ०३ र जलविद्युत् समूह १ दशमलव ६३ अंकले ओरालो लागेको छ ।
प्रतिक्रिया 4