Comments Add Comment

भिडियोमा सुनौं राष्ट्रिय महोत्सव जितेका ५ कविता

२ पुस, काठमाडौं । यसैसाता सम्पन्न राष्ट्रिय कविता महोत्सव २०७७ मा देशभरिका पाँच सयभन्दा बढी कविहरूले भाग लिएका थिए । त्यसमध्ये अन्तिम ३० जनाको सूची वाचनका लागि छानिएका थिए ।

यसपटक वाचनमा पनि १० अंक राखिएको थियो । यसैले कविहरूले उत्साहका साथ कविता वाचन गरे । निर्णायकमा गद्य कविताका तर्फबाट स्नेह सायमी थिए भने छन्द (पद्य) कवितामा प्रभा भट्टराई थिइन् । अन्ततः अन्तिम ३० मध्ये नुवाकोटकी कवि भैरवी भूगोलको कविता ‘नेपालको गीत’ निर्णायकबाट प्रथम घोषित भयो ।

दोस्रो स्थान प्राप्त गरे लमजुङका कवि प्रज्वल अधिकारीले । अघिल्लो वर्ष कविता महोत्सवमा तृतीय भएका अधिकारीको यस वर्ष ‘संकल्प’ शीर्षकको गद्य कविता दोस्रो स्थानमा रह्यो ।

सोलुखुम्बुका कवि गणेशप्रसाद खतिवडा छन्दमा कविता लेखेर तृतीय बने । रेजिना अपागाईंको ‘समृद्ध नेपालको सपना’, देवकी अभिलाषीको ‘आमाः एक विश्वविद्यालय’ र गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’ कविताले यस वर्षको महोत्सवमा बाजी मारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment