News Summary
Generated by OK AI. Editorially reviewed.- कवि हरिप्रसाद चौलागाईँद्वारा रचित कविता सङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’ को राजधानीमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
- प्रा.डा. रामप्रसाद ज्ञवालीले कवितामा लयको माधुर्य, शब्दको सौन्दर्य र भाव हुनुपर्ने भन्दै कृतिको महत्त्वबारे प्रकाश पार्नुभयो ।
- प्रा.डा. लक्ष्मणप्रसाद गौतमले चौलागाईँका कवितामा कम प्रचलित छन्दहरूको प्रयोग भएको र सरल शैलीमा गहिरो भाव व्यक्त गरिएको बताउनुभयो ।
काठमाडौँ । कवि हरिप्रसाद चौलागाईँको कविता सङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’ को लोकार्पण गरिएको छ ।
राजधानीमा आइतबार आयोजित कार्यक्रममा प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, ठाकुर शर्मा भण्डारी, कवि चौलागाईँ, रामसुन्दर देउजा लगायतले कविता सङ्ग्रह लोकार्पण गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. ज्ञवालीले कविताको खास कुरा भनेकै भावना भएको बताए । उनले भने, ‘कवितामा लयको माधुर्य, शब्दको सौन्दर्य र भाव हुनुपर्छ । अनि कविता सुन्दर हुन्छ ।’
प्रा.डा. गौतमले जस्तो व्यक्तित्व त्यस्तै सिर्जना भन्दै आफू कवितामा कर्म गर्ने मान्छे भएको बताए । ‘चौलागाईँका कवितामा नेपाली कविता क्षेत्रमा कम प्रचलित छन्दहरू पनि प्रयोग गरिएको पाएँ । संग्रहित कविताहरू सरलतामा पनि गहिरो भाव दिने रहेछन्,’ उनले भने।
कृतिको चर्चा गर्दै समालोचक भण्डारीले भने, ‘कविता सिर्जना गर्दा सबै विषयहरूमा ध्यान गएको देखिन्छ । संवेदनशील भएर भावनालाई ह्रदयस्पर्शी हुने गरी कविताहरू लेखिएका छन् । समाजको संगत-विसङ्गत कविताहरूले देखाएका छन् । सकारात्मक सोचले भरिएका छन् । पदयोग र वियोगमा केही ध्यान नपुगेको देखिए जस्तो लागे पनि छन्दमा भने दोष कम छ ।’
अर्का वक्ता रोदनले भने, ‘लेखनीलाई उमेरले छेक्दैन भन्ने कुरा कविको कृति प्रकाशनले प्रष्ट पारेको छ । सरल, शालिन भावका कविका कविता उनी जस्तै छन् ।’
प्रतिक्रिया 4