
२ पुस, काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-८ कालागाढका २५ वर्षीय नरेश विष्ट रहेका छन् ।
दोगडाकेदार गाउँपालिका-३ स्थित सडकमा सु.प.प्र. ०१००२ त ४९५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको थियो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4