Comments Add Comment

अस्वाभाविक थकाइको महसुस हुन्छ ? यस्तो हुन सक्छ कारण

काठमाडौं । तपाईं पहिलेपहिले निकै परिश्रमी बन्ने गर्नुहुन्थ्यो, तर हिजोआज धेरै अल्छी बन्ने गर्नुभएको छ ? आफैँलाई आफू अल्छी भएको महसुस हुने गर्छ ? यदि यस्तो हो भने यसको पछि केही जीवनशैलीगत कारण हुन सक्छ । अनियमित खानपान होस्, अभ्यास होस् या त सुत्ने उठ्ने समय आदिका कारण पनि यस्ता समस्याहरु सिर्जना हुने गर्छन् ।

हामीले कहिलेकाहीँ आफैँले आफैँलाई थकित महसुस गरेको हुन सक्छौं । त्यसको कारणको बारेमा गरिएको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरुले अनियमित जीवनशैलीका कारण अनावश्यक थकाइको महसुस हुने गरेको उल्लेख गरेको छ । ब्रिटिस जर्नल अफ जनरल प्राक्टिस जस्ता जर्नलहरुमा कुनै काम नगर्दा पनि सधैं थकाइको महसुस भइरहने कारणको खोजी गरिएको छ ।

ती विभिन्न अध्ययनका अनुसार अमेरिकाका १५.३ प्रतिशत महिला र १०.१ प्रतिशत महिलाहरुले नियमित तनावको महसुस गर्छन् । थकानले मानसिक समस्या निम्त्याउँछ । तनाव पनि यही कारण भएको हुन सक्छ भन्ने मनोचिकित्सकहरुको मान्यता छ ।

कतिपय थकाइको कारण हामीलाई थाहा हुन्छ तर दिनभरि केही काम नगर्दा पनि थकाइको महसुस हुनुुको कति कारण थाहा नहुने पनि हुन्छ । केही काम नगर्दा पनि थकानको महसुस गराउन निम्न कारणहरु जिम्मेवार हुन सक्छन्  ।

निद्राको अभाव

निद्राको अभावले तपाईंलाई थकानको महसुस गराउन सक्छ । एउटा सबैभन्दा स्पष्ट कारण यो हो । यो अनुमान गरिएको छ कि १८ देखि ६० वर्ष उमेर समूहका मान्छेलाई दैनिक ७ घण्टाको निद्रा अनिवार्य हुन्छ । एकाध घटनाक्रमबाहेक नियमित ७ घण्टाको शयन सबैको लागि अनिवार्य मानिन्छ । तर कामको चक्कर होस् या त अन्य व्यस्तताले पर्याप्त सुत्न नपाउँदा अस्वाभाविक रुपमा थकाइको महसुस हुन्छ । यसबाहेक मानसिक समस्याहरु तनाव, डिप्रेसन आदिका कारण पनि थकाइको महसुस हुने गर्छ ।

कति समय सुत्ने भन्नेसँग स्वास्थ्यको सम्बन्ध कसरी हुन्छ ? भन्ने जिज्ञासा पनि हुन सक्छ । पर्याप्त नसुत्नुसँग मान्छेको शारीरिक र मानसिक समस्याको प्रत्यक्ष सम्बन्ध राखेको हुन्छ । मोटोपना, उच्च रक्तचाप, डिप्रेसन, हृदय रोग, स्ट्रोक र मृत्युको जोखिम समेत पर्याप्त निद्राको अभावमा देखिने समस्याहरु हुन् ।

अपौष्टिक खानेकुरा, कम निद्रालाई हटाएर स्वास्थ्य सुधार गर्न र तपाईंलाई चाहिने सबै पोषकहरू प्राप्त गर्नुले हामीमा देखिने अनावश्यक थकानको समस्या पनि समाधान हुन्छ ।

अत्यधिक तनाव

जीवनमा धेरै चीजहरू हुन्छन्, जसले तनाव सिर्जना गर्न सक्छ । यो काम वित्तीय समस्याहरू, सम्बन्धमा देखिने समस्याहरू, जीवनका प्रमुख घटनाहरू वा गतिविधिका रूपमा बेरोजगारी, शोक, इत्यादिका कारण हुन सक्छ । अस्वाभाविक थकानको महसुस हुनुको पछि यी सबै कारणहरु समेत हुन सक्छन् ।

तनावका कारण तपाईं शरीरलाई लडाइँ वा झगडातर्फ समेत धकेल्न सक्नुहुन्छ । यदि तपाईंमा तनावको मात्रा बढ्दै गयो यसले समस्या शारीरिक एवं मानसिक समस्या सिर्जना गर्छ ।

स्वास्थ्य अवस्था

विविध स्वास्थ्य अवस्थाहरु हुन्छन् जसले हामीलाई अस्वाभाविक रुपमा थकानको महसुस गराउन सक्छन् । आफ्नो जीवनशैलीमा माथिका सबै परिवर्तनहरू गर्नुभयो भने तपाईंमा नयाँ सुखको सञ्चार हुने गर्छ । थकाइको महसुस हुने पनि छुट्टै अवस्थाहरु हुन्छन् । जस्तो एनिमिया, थाइरोइड, मधुमेह, डिप्रेशन, मूत्रमार्गमा संक्रमण, खाना असहिष्णुता, हृदय रोग, गर्भावस्था, भिटामिन र खनिजको कमी आदि अवस्थामा पनि थकानको महसुस हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment