+
+
Shares

काठमाडौंमा पुलबाट खस्यो सुमो

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ४ गते १०:३९

काठमाडौं । काठमाडौंको नारायणटारमा पुलबाट टाटा सुमो तल खसेको छ ।

ना १ ज ५३६३ नम्बरको सुमो आज बिहान पुलको बायाँतर्फको रेलिङ भाँच्दै करिब २० फिट तल खसेको छ । पुल मुनिको बाटोमा खसेको सो गाडीलाई र्‍याकरको सहायताले उठाइएको थियो ।

रविन तामाङले चलाएको उक्त गाडि तीव्र गतीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन । गाडीको बम्पर र अगाडिको सिसा फुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?