+
+
Shares

संसद विघटनको सिफारिस असंवैधानिक : कांग्रेस नेता रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १०:३०

५ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । नेता रिजालले भने बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने बताए ।

उनले भने, ‘यो संविधान विपरीत कदम हो । प्रधानमन्त्रीले बहुमत गुमाएपछि सर्वसत्तावादी राजनीतिका लगि संविधान मिच्न थाल्नु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?