Comments Add Comment

साउथी, सेइफर्ट र विलियम्सनको उत्कृष्ट प्रदर्शनमा न्युजिल्याण्डलले एक खेल अगावै सिरिज जित्यो

५ पुस, काठमाडौं । बलिङमा टिम साउथी अनी ब्याटिङमा टिम सेइफर्ट र केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्याण्डले पाकिस्तानलाई दोस्रो टी-२० मा ९ विकेटले पराजित गरेको छ ।

लगातार दुई खेल जितेको घरेलु टोली न्युजिल्याण्डले तीन खेलको सिरिज एक खेल अगवै आफ्नो पक्षमा पारेको छ । न्युजिल्याण्डले सिरिजमा २-० को अग्रता बनाएको हो ।

पाकिस्तानले दिएको १६४ रनको लक्ष्य न्युजिल्याण्डले ४ बल अगावै १ विकेट मात्र गुमाएर पूरा गर्‍यो । ओपनर मार्टिन गप्टिल २१ रन बनाएर आउट भएपनि सेइफर्ट र मिलियम्सनले दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै जित दिलाए ।

विकेटकिपर सेइफर्टले ६३ बल खेल्दै ८ चौका र ३ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । यस्तै कप्तान विलियम्सनले अविजित ५७ रन जोडे । उनले ४२ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे ।

गप्टिलले ११ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २१ रन बनाए । पाकिस्तानका फहमि अस्रफले १ विकेट लिए ।

त्यसअघि हामिल्टनस्थति सेडन पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले मोहम्मद हाफिजको अविजित ९९ रन मद्दतमा ९ विकेट गुमाएर १६३ रन बनाएको थियो । चौथो नम्बरमा ब्याटिङ गरेका हाफिजले ५७ बल खेल्दै १० चौका र ५ छक्काको मद्दतमा ९९ रन बनाएका हुन् । उनी शतकबाट १ रनले मात्र टाढा रहे । यस्तै मोहम्मद रिजवानले २२, खुशदिल शाहे १४ र इमाद वासिमले १० रन जोडे ।

न्युजिल्याण्डका लागि टिम साउथीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । यस्तै जेम्स निसम र इश सोधीले समान १ विकेट लिए । साउथी खेलको म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment