Comments Add Comment

एनसेलको ‘दामी क्यासब्याक’ योजना, ५०को रिचार्जमा ५१ मेन ब्यालेन्स

५ पुस, काठमाडौं ।  एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ । यो योजनाले ग्राहकलाई रु. ५० र रु. १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढी मेन ब्यालेन्स पाइने सुनिश्चित गरेको छ ।

यो योजनाअन्तर्गत रु. ५० रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाइने रु. ४९.०२ भन्दा बढि अर्थात रु. ५१ मेन ब्यालेन्स प्राप्त गर्दछन् । त्यसैगरी रु. १०० को रिचार्जमा अब कम्तिमा विद्यमान रु. ९८.०४ भन्दा बढि रु. १०२ मेन ब्यालेन्स पाउँछन् ।

यो योजना आइतबार (पुष ५) बाट लागु भएको छ र १५ दिनका लागि संचालनमा रहनेछ ।

योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रुपमा प्रत्येक रिचार्जमा विद्यमान भन्दा बढी मेन ब्यालेन्स प्रदान गरिने यो योजनाको प्रमुख विषेशता हो । रु. ५० रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम रु. १०० सम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी रु. १०० रिचार्ज गर्नेले रु. २०० सम्म मेन ब्यालेन्स पाउनेछन् ।

क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीइफटी) तथा अनलाइन जुन कुनैपनि माध्यमबाट गरिएको रु. ५० र रु. १०० को प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ । यो योजना पुस १९ गते सम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment