+

लिलेसँग बराबरीमा रोकिएपछि पीएसजी तेस्रो स्थानमै

२०७७ पुष  ६ गते १०:०४ २०७७ पुष ६ गते १०:०४
लिलेसँग बराबरीमा रोकिएपछि पीएसजी तेस्रो स्थानमै

६ पुस, काठमाडौं । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेनले यस सिजन एकरुपको प्रदर्शन गर्न सकिरहेको छैन । स्टार खेलाडी नेमारको चोट अनि विपक्षी टिमको उत्कृष्ट प्रदर्शनका कारण पीएसजीको प्रदर्शनमा उतारचढाब रहेको छ ।

लिगकै पछिल्लो खेलमा पीएसजी लिलेसग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीपछि लियोनला २ गोलअन्तरमा पछि पार्दै लिले अंक तालिकाको शीर्ष स्थानमा उक्लँदा पीएसजी भने तेस्रो स्थानमै छ ।

१६ खेलबाट लिले र लियोनको समान ३३ अंक छ । समान खेलबाट ३२ अंकसहित पीएसजी तेस्रो स्थानमा यथावत छ । १४ खेल खेलेको मार्सले २८ अंकसहित चौथो स्थानमा छ ।

पीएसजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय