
६ पुस, विराटनगर । मिटरव्याजको धन्दा चलाउँदै आएको आरोपमा विराटनगरबाट थप एकजना पक्राउ परेका छन् । सोमबार पक्राउ पर्नेमा एजाज शेख रहेका छन् । केही दिन अघि मिटरव्याजी मन्टु भनिने सञ्जय रौनियारलाई प्रहरीले पक्राउ गरेको थियो ।
सोमबार विराटनगर महानगरपालिका– ९ घोघापुल चोक घर भएका शेखलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शेख र रौनियार एउटै वडाका बासिन्दा हुन् । अवैध धन्दामा दुवै पाटनरी रहेको प्रहरीको स्रोतको दाबि छ ।
प्रहरी स्रोतका अनुसार आर्थिक उपार्जनको कुनै पाटो नभएका शेख महंगो गाडी प्रयोग गर्छन् ।
धाकधम्की दिएर आपराधिक लाभ लिएको उजुरी परेपछि शेखलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यायल मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । उनका अनुसार पक्राउ लगतै अनुसन्धान सुरु गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4