+

पीएम कप महिला राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

२०७७ पुष  ६ गते १९:०९ २०७७ पुष ६ गते १९:०९
पीएम कप महिला राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

६ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले यही पुस ११ देखि दाङमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा विभागीय टोली एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । यस्तै समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।

दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिताको लागि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशले टिम घोषणा गरिसकेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ खेल्नेछन् । फाइनल खेल पुस १९ गते हुनेछ ।

प्रतियोगिताका सबै खेलहरु दाङको लमही मैदानमा खेलाइनेछ ।

खेल तालिका :

पीएम कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय