Comments Add Comment

शुक्रबारदेखि हलमा ४ फिल्म

भोली शुक्रबारदेखि ४ वटा चलचित्र रिलिज गर्ने तयारी हल संचालकहरुले गरेका छन् । भोली शुक्रबारबाट चलचित्र संघले हल खोल्ने घोषणा गरेको थियो । चलचित्र संघको निर्णयपछि देशभरका मल्टिप्लेक्सले रिलिज हुने चलचित्रलाई अनलाइन बुकिङमा राखेका छन् ।

क्यूएफएक्स चेनले २ नेपाली र २ अंग्रेजी चलचित्र रिलिज गर्ने तयारी गरेको छ । जसअनुसार, नेपाली चलचित्र ‘आमा र सेन्टी भाइरस’ रिलिज हुँदैछन् । यी दुबै चलचित्र गतबर्षको फागुण ९ गतेबाट रिलिज भएका थिए । तर, कोरोना महामारीका कारण यी चलचित्रहरु रिलिज हुँदाहुँदै रोकिएका थिए ।

यस्तै, अंग्रेजी चलचित्र ‘ब्लडसट र दि इनभिजिबल म्यान’ रिलिज गर्ने तयारी मल्टिप्लेक्स हलहरुले गरेका छन् । तर, यी चलचित्र कुन–कुन शोमा रिलिज हुन्छन् भन्ने उल्लेख गरिएको छ ।

बन्द भएको ९ महिनापछि देशभरका हल भोली शुक्रबारदेखि सुचारु हुन लागेका हुन् । हल संचालन गर्दा सरकारले बल प्रयोग गरेको खण्डमा आफूहरु गिरफ्तारी दिन तयार रहेको हल संचालकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment