Comments Add Comment

कोही व्यक्तिले भन्दैमा प्रतिनिधिसभा विघटन हुन्न : श्रेष्ठ

१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले वर्तमान संविधानले प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नदिएको जिकिर गरेका छन् ।

हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा बोल्दै नेता श्रेष्ठले प्रतिनिधिसभा विघटनको कदम अलोकतान्त्रिक, असंवैधानिक र स्वेच्छाचारी कदम भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘कोही व्यक्तिले प्रतिनिधि सभा विघटन गर्ने ठाउँ नै छैन, हामीले यो प्रावधान संविधानमा स्वाट्ट राखेको होइन । हामीले पहिलाको राजनीतिक अस्थिरताबाट नकारात्मक अनुभवबाट पाठ सिकेर सबै राजनीतिक दल र संविधान सभा सदस्यको एक स्वरबाट अब प्रतिनिधि सभा विघटन गर्न पाइँदैन भनी नयाँ प्रावधान राखिएको हो ।’

उनले संविधान विघटन गर्ने कुनै पनि धारा र प्रावधान नभएको समेत बताए । उनले अगाडि भने, ‘कोहीलाई मन लागेर संसद विघटन भयो भन्दैमा विघटन हुँदैन भन्ने हाम्रो भनाइ हो ।’

हेर्नुस् पूरा अन्तरवार्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment