+
+

राष्ट्रिय खेलकुद परिषद र कृषि विकास बैंकबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १९:०२

१४ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कृषि बिकास बैंकबीच सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले मंगलवार दश वर्षे सम्झौतामा  हस्ताक्षर गरे ।

सम्झौता अनुसार राखेपमा ५ वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बैंकले बिना धितो १५ लाख रुपैयाँसम्मको तलबी खाता कर्जा उपलब्ध गराउने छ ।

परिषद्ले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्रलगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले ५० प्रतिशत छुट दिनेछ ।

खेलकुदको विकास र विस्तारका लागि केन्द्रदेखि पालिकासम्म सहमति अनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने पनि  सम्झौतामा उल्लेख छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर परिषद्लाई भौतिक सामग्री उपलब्ध गराउन सक्ने पनि जनाइएको छ ।

परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिनेछ । बैंकले छपाई गरेको टिकटमा संस्थाको ब्यवसायिक सन्देश राख्न पाउनेछ ।

राखेप सदस्य सचिव सिलवालले बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको बजेटको २५ प्रतिशत रकम मात्र खेलकुदमा लगानी गर्न सके महत्वपूर्ण योगदान हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रुपमा जोडिन पाउँदा खुशी लागेको बताए । ‘भलिबलका १० जना राष्ट्रिय खेलाडीलाई संस्थामा आवद्ध गरेर खेलकुदमा संलग्न भएको हाम्रो संस्था पुनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदायी हुनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?