+

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै

२०८२ असार  ३१ गते ८:१७ २०८२ असार ३१ गते ८:१७
साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा श्रीलंकासँग खेल्दै छ।
  • नेपालले पहिलो खेलमा भुटानलाई हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो।
  • प्रतियोगितामा बंगलादेश ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल र भुटान समान ३ अंकमा छन् र नेपाल गोलअन्तरमा अघि छ।

२९ असार, काठमाडौं ।  बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।

खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो ।

यस प्रतियोगिताको दाबेदारको रूपमा रहेको बंगलादेशले नेपालमाथि एक जितको एड्भान्टेज पाइसकेको छ । अब गोलअन्तरमा आफुलाई बलियो बनाएर बाँकी सबै खेल जितेमा नेपालले उपाधि जित्न सक्छ ।

प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

साफ यू-२० महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय