+

हेल्प नेपालको पहिलो खेल माल्दिभ्सको धिवेहीसँग

२०८२ असार  ३१ गते ७:१३ २०८२ असार ३१ गते ७:१३
हेल्प नेपालको पहिलो खेल माल्दिभ्सको धिवेहीसँग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा च्याम्पियन्स लिग अन्तर्गत जुलाई १७ मा माल्दिभ्सको क्लब धिवेही सँग पहिलो खेल खेल्नेछ।
  • च्याम्पियन्स लिगमा हेल्प नेपालसहित सेन्ट्रल एसियाका ५ राष्ट्रका ६ क्लबले सिंगल राउण्ड रोविन प्रणालीमा प्रतिस्पर्धा गर्नेछन्।
  • लिग चरणमा शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने र तेस्रो तथा चौथो स्थानमा रहेका टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

३१ असार, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा च्याम्पियन्स लिग अन्तर्गत आफ्नो पहिलो खेलमा माल्दिभ्सको क्लब धिवेही सँग खेल्ने भएको छ ।

काभाले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार हेल्प नेपालले पहिलो दिन जुलाई १७ मा धिवेही सिफाइन्ससँग खेल्नेछ ।

त्यसपछि दोस्रो खेलमा माल्दिभ्सकै क्लब एचडिसीसँग खेल्नेछ ।

यस्तै हेल्प नेपालले तेस्रो खेलमा कीर्गिस्तानको बिस्केक-कीर्गिस्तानसँग खेल्नेछ भने चौथो खेल काजाखस्तानको जायक भिसीसँग खेल्नेछ । लिगको अन्तिम खेलमा हेल्प नेपालले श्रीलंकाको श्रीलंका पोर्ट्स अथोरिटीसँग खेल्नेछ ।

च्याम्पियन्स लिगमा हेल्प नेपालसहित सेन्ट्रल एसियाका ५ राष्ट्रका कूल ६ क्लबले सिंगल राउण्ड रोविनका आधरमा प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणमा शीर्ष दुईमा रहने टिमबीच उपाधिका लागि खेल हुनेछ भने तेस्रो र चौथो स्थानमा रहनेले तेस्रो स्थानका लागि खेल्नेछन् ।

काभा च्याम्पियन्स लिग हेल्प नेपाल स्पोर्ट्स क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय