Comments Add Comment

मुख्यमन्त्री राईलाई संसदीय दलको नेताको हैसियतमा काम नगर्न आग्रह

१४ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ संसदीय दलका उपनेताले दलको नेताको हैसियतमा काम नगर्न खबरदारी गरेका छन् ।

मंगलबार लिखित पत्र पठाउँदै उपनेता टङ्क आङ्बुहाङले अविश्वासको प्रस्ताव परेकाले मुख्यमन्त्री राईलाई नेकपा संसदीय दलको नेताको हैसियतमा काम नगर्न भनेका हुन् ।

नेकपा विवाद बढेसँगै प्रचण्ड– माधव समूहले मुख्यमन्त्री राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव पेस गरेको थियो । सोमबार नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधे ।

स्पष्टीकरणमा प्रस्ताव फिर्ता लिएर २४ घण्टा भित्र स्पष्टीकरण पेस नगर कारवाही गर्ने चेतावनी दिइएको थियो । तर पत्र पठाएको २४ घण्टा नबित्दै मंगलबार बिहान उपनेता टङ्क आङ्बुहाङले दलका नेता राईलाई निर्देशनात्मक पत्र पठाउँदै दलको नेताको रुपमा काम नगर्न भनेका हुन् ।

ओली पक्षका मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड– माधव समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सांसदलाई स्पष्टीकरण सोध्ने प्रमुख सचेतक राजभण्डारी ओली समूहका हुन् । मुख्यमन्त्रीलाई काम नगर्न निर्देशन दिने उपनेता प्रचण्ड– माधव पक्षका हुन् ।

संसदलीय द भित्र पनि दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव परेकाले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको हैसियतामा कुनै पनि काम कारवाही नगर्न पत्राचार गरिएको उपनेता आङ्बुहाङले बताए । संसदीय दलको विधानको प्रावधान अनुसार मुख्यमन्त्रीलाई पत्राचार गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment