Comments Add Comment

इथियोपियामा सरकारी सेनाले ७५ सर्वसाधारणको हत्या गरेको खुलासा

१७ पुस, काठमाडौं । इथियोपियामा गत जुन–जुलाईमा भएको आन्दोलनमा ७५ मानिसहरुको सरकारी सेनाबाट मारिएको खुलेको छ । साथै दुई सयभन्दा धेरै मानिसहरु घाइते भएका छन् । शुक्रबार इथियोपियाको मानव अधिकार आयोगले दिएको जानकारीअनुसार इथियोपियाका चर्चित संगीतकारको हत्यापछि सुरु भएको आन्दोलनको क्रममा भएको आक्रमणमा धेरै मानिसहरुको मृत्यु भएको हो ।

आयोगको प्रतिवेदनअनुसार सन् २०२० मा इथियोपियामा भड्किएको धार्मिक हिंसामा १२३ जना मानिसहरु मारिएका छन् । साथै उक्त हिंसामा पाँचसयभन्दा धेरै घाइते भएका छन् । आयोगका अनुसार इथियोपियामा व्यापकरुपमा सुनियोजित आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो । साथै आक्रमणकारीहरुले केही पीडितहरुलाई नियन्त्रणमा लिएर मारेको, यातना दिएको र सडकमा घिसारेको आयोगको भनाइ छ ।

इथियोपियाका प्रधानमन्त्री अबिय अहमदका लागि धार्मिक हिंसा ठूलो चुनौतीको रुपमा देखिएको थियो । गत जुलाईमा सरकारविरोधी आवाजमा समर्थक गर्दै आएका संगीतकार हाचालु हुन्डेसाको हत्यापछि इथियोपियामा आन्दोलन भड्किएको थियो । आयोगका अनुसार संगीतकारको हत्यापछि निस्किएको आन्दोलनको क्रममा आम नागरिकहरुलाई व्यक्तिगत तथा सामूहिक आक्रमणकारीहरुले घरभित्रै छिरेर कुटपिट गरेका थिए । साथै आन्दोलनमा आएकाहरुलाई पनि उनीहरुले चक्कु, बन्चरो, तीखो फलामको छड, ढुंगा र विद्युतीय केबलको प्रयोग गरी हत्या गरेका थिए । उक्त आन्दोलनको क्रममा ६ हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका थिए भने नौ सयभन्दा धेरैको सम्पत्ति लुटिएको, जलाइएको वा बिगारिएको आयोगको भनाइ छ ।

स्रोत : एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment