१७ पुस, काठमाडौं । असंवैधानिक तथा अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै काठमाडौं, माइतीघरमा विरोध प्रदर्शन भएको छ ।
संसद पुनस्र्थापनाको माग गर्दा बृहत नागरिक आन्दोलनले शुक्रबार च्याब्रुङ सहित प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको संसद तत्काल पुनस्र्थापना हुनुपर्ने उनीहरूको माग छ ।
प्रधानमन्त्रीको कदम विरुद्ध नागरिक आन्दोलनले शंख, नौमती, डम्फु बजाएर प्रदर्शन गरिसकेको छ । १८ पुसमा सडक नाटकसहित सभा आयोजना गरिएको लेखक युग पाठकले जानकारी दिए ।
हेर्नुस् तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4