News Summary
Generated by OK AI. Editorially reviewed.- भोजपुरका विभिन्न ठाउँमा बुधबार परेको असिना पानीले पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।
- भोजपुर नगरपालिका–५ का किसान धनबहादुर थापाले हिजो एक्कासि असिना पानी परेको र पुनः दोहोरिने चिन्ता बढेको बताए।
- किसानका अनुसार असिना दोहोरिए पाकेको धान झर्ने, ढल्ने र काटेर सुकाइएको धानमा समेत क्षति पुग्ने जोखिम छ।
२६ कात्तिक, भोजपुर। जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका हुन् ।
जिल्लाका विभिन्न स्थानमा परेको असिना पानीले धानबालीमा क्षति पुगेको छ । भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाले असिना पानीले धानमा क्षति पुगेको बताए ।’हिजो एक्कासि असिना पानी पर्यो,’ उनले भने, ‘पुनः दोहोरिने चिन्ता हामीमा बढेको छ । यही असिना पानी आएमा धानबालीमा ठूलो क्षति पुग्ने अवस्था छ ।’
उनका अनुसार कतिपय किसानको धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन् ।
धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा मौसममा आएको परिवर्तनले किसानलाई थप चिन्तित बनाएको छ । असिना पानी दोहोरिएमा पाकेको धान झर्ने, ढल्ने तथा काटेर सुकाइएको धानमासमेत क्षति पुग्ने जोखिम रहेको किसानको भनाइ छ ।
प्रतिक्रिया 4