+
+
Shares

बैतडीमा भारी असिना, मकैबालीमा क्षति (तस्वीरहरू)

भारी असिना परेकाले हालसालै लगाएको मकैबालीमा क्षति पुगेको मेलौली-१ का वडा अध्यक्ष शरद नेगीले बताए ।

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ जेठ १२ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको मेलौली नगरपालिका क्षेत्रमा मंगलबार अपराह्न परेको भारी असिनाका कारण भर्खरै लगाएको मकैबाली पूर्ण रूपमा नष्ट भएको छ ।
  • नगर प्रमुख भीम चन्दले, "एक्कासी भारी मात्रामा असिना वर्षिएको हो, बालीनालीमा क्षति भएको आकलन गर्न सकिन्छ, क्षतिबारे बुझ्दैछौं" भन्नुभयो ।
  • वडा अध्यक्ष शरद नेगीले, "हालसालै मकै छरेका थिए, पूरै सखाप छ, अब दोस्रो पटक लगाउनु पर्ने अवस्था आयो" भन्नुभयो ।

१२ जेठ, बैतडी । बैतडीको मेलौली क्षेत्रमा भारी असिना परेको छ । मंगलबार अपराह्न साढे ४ बजेदेखि मेलौली नगरपालिका क्षेत्रमा भारी असिना परेको हो ।

मेलौली नगरपालिकाका नगर प्रमुख भीम चन्दका अनुसार मेलौली वडा नम्बर १, ५, ६ र ७ लगायतका क्षेत्रमा भारी असिना परेको हो ।

‘एक्कासी भारी मात्रामा असिना वर्षिएको हो, बालीनालीमा क्षति भएको आकलन गर्न सकिन्छ, क्षतिबारे बुझ्दैछौं,’ नगर प्रमुख चन्दले भने ।

हिउँ समेत नपर्ने यस क्षेत्रमा असिनाले सेताम्य बनेको चन्दले बताए ।

भारी असिना परेकाले हालसालै लगाएको मकैबालीमा क्षति पुगेको मेलौली-१ का वडा अध्यक्ष शरद नेगीले बताए ।

‘हालसालै मकै छरेका थिए, पूरै सखाप छ, अब दोस्रो पटक लगाउनु पर्ने अवस्था आयो,’ अध्यक्ष नेगीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?