+
+
Shares

चन्द्रागिरीमा शुरु भयो लाइसेन्सका लागि ट्रायल परिक्षा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते १९:१०

१९ पुस, काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठुलो भर्याङ्ग नौ महिना देखि रोकिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परिक्षा (ट्रायल) आईतबारबाट सञ्चालन ल्याएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठुलो भर्याङ्गले कोनोराका कारण रोकिएको प्रयोगात्मक परिक्षा (ट्रायल) चन्द्रागिरिमा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर  गुर्जुधारामा सुरू गरेको हो ।

उपत्यकामै कोरोना पछि आइतबार आईतवार पहिलो पटक सेवा आरम्भ गरिएको ठुलो भर्याङ्ग कार्यालयले जनाएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठुलो भर्याङ्ग कार्यालय प्रमुख सञ्जय थापाले कोभिड १९ ले गर्दा रोकिएको फारम भरेका लिखित परीक्षा पास भएका तर परीक्षा दिन नपाएका परिक्षार्थीहरू ८१५ जनाले रहेको मध्य उहाँहरूको पालो अनुसार ट्रायल दिने व्यवस्था मिलाईएको बताए ।

कार्यालय प्रमुख थापाले भने, ‘हामीले कोभिडको जोखिमलाई न्युनिकरण गर्न उच्च मापढण्ड तय तरेका छौ, हाम्रो ट्रायल परीक्षा गुर्जुधाराको भेहिकल भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर गुर्जुधारामा हुन्छ ।’ उनका अनुसार तीन चरणको परिक्षार्थी कक्ष रहेको छ एक चोटीमा तिनओटा कक्षमा १०÷१० जनाको बस्ने र पालो अनुसार मास्क र सेनेट्राईजर हातमा र गाडीको स्टेरिङ्गमा लगाए पछि मात्र परीक्षा दिन पाईने छ ।

९ महिनादेखि रोकिएको परीक्षा सञ्चालन भए पछि आम सेवाग्राहीहरू पनि खुशी ब्यत्त गरेका छन् । आइतबारैबाट कार्यालयले नयाँ दर्ता भिजिट मिति समेत तय गरेको छ । दैनिक ठुला साना गरि ३ सय जनाले अन्लाईन फारम भर्ने व्यवस्था मिलाईएको ठुलो भर्याङ्ग जनाएको छ ।

सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मन्त्रालयले सातै प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुला गरिएको थियो । लकडाउन अगाडि लिखित परिक्षा दिएर पनि ट्रायल दिन नपाएपछि व्यापक जनगुनासो बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?