Comments Add Comment

देशभर ३० हजार सहकारी, ७३ लाख मानिस आवद्ध

सहकारीसम्बन्धी प्रतिवेदन बुझ्दै गभर्नर महाप्रसाद अधिकारी ।

२० पुस, काठमाडौं । देशभरका सहकारी संस्थामा ७३ लाख भन्दा धेरै मानिस आवद्ध भएका छन् । सहकारी विभागले हालै देशभरका सहकारीबारे संकलन गरेको तथ्यांकअनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध भएका छन् ।

जसमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्य छन् । विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेशको स्थानीय तहहरुको सहकार्यमा गरेको अध्ययन अनुसार देशभर २९ हजार ८ सय ८६ वटा सहकारी संस्था रहेका छन् ।

त्यस्तै २० वटा विषयगत सहकारीका केन्द्रीय संघ, एउटा राष्ट्रिय सहकारी बैंक, एउटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेका छन्् ।

देशभरका सहकारीमा कुल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख रहेको छ भने ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ वचत रहेको छ ।

सहकारीले ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन् । सहकारीले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका उपरजिस्टार सुरेन्द्रराज पौडेलले जानकारी दिए ।

सहकारी विभागले उक्त प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment