+
+
Shares

शिवशिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर र पशुपति सहकारीका ४२ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ ।
  • समितिका अनुसार पहिलो चरणमा थोरै बचत भएका १४ जना शिवशिखर र २८ जना पशुपति सहकारीका बचतकर्तालाई रकम उपलब्ध गराइएको हो ।
  • सरकारले सहकारीको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम कानुनी प्रक्रिया बमोजिम बचतकर्तालाई निरन्तर रूपमा फिर्ता गरिने स्पष्ट पारेको छ ।

२० साउन, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।

समितिका अनुसार शिवशिखर सहकारीका १४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । त्यस्तै पशुपति सहकारीका २८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश: बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?