+
+

कोरोना अनुसन्धानको लागि गएका विज्ञलाई चीनले प्रवेश दिएन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते १२:२०

२२ पुस, काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड-१९)को उत्पत्तिको विषयमा अनुसन्धानमा खटिएका विज्ञहरुलाई चीन प्रवेशमा रोक लगाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अनुसन्धानको लागि गएका दुई वैज्ञानिकलाई चीन प्रवेशमा रोक लगाइएको छ । चीनले भिसा नदिएको कारण एकजना वैज्ञानिक फर्किइसकेका छन् भने एकजना तेस्रो मुलुकमा छन् ।

डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेससले मंगलबार चीनले डब्ल्यूएचओका वैज्ञानिकहरुलाई मुलुक प्रवेशको अनुमति नदिनु दुखद् भएको बताएका छन् ।

मंगलबार उनले भर्चुअल सम्मेलनमा बोल्दै यसअघि नै कोरोनाबारे अध्ययनका लागि चीनतर्फ लागेका दुई वैज्ञानिकले मुलुकमा प्रवेशको अनुमति नपाएको बताएका हुन् ।

यसअघि चीनले डब्ल्यूएचओले पठाएका अन्तर्राष्ट्रिय विज्ञहरुको समुहलाई मुलुकमा अनुसन्धान गर्न दिने बताएको थियो । डब्ल्यूएचओका प्रमुखले आफूले चिनियाँ अधिकारीहरुसँग यस विषयमा छलफल गरिराखेको र यो अनुसन्धानको लागि जोड दिँदै आएको बताएका छन् ।

सन् २०१९ को डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस पहिचान भएको थियो । यस विषयमा अनुसन्धानको लागि लामो समयदेखि प्रयास भइरहेको भए पनि डब्ल्यूएचओले जनवरी महिनाबाट कोरोनाको उत्पत्तिबारे अनुसन्धान सुरु हुने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?