+
+
Shares

तनहुँमा घुससहित सवइन्जिनियर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते १७:४०

२२ पुस, काठमाडौं । तनहुँमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मा कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

भानु नगरपालिका कार्यक्षेत्र भई आयोजना कार्यान्वयन इकाई (शिक्षा) मा कार्यरत सवइन्जिनियर अधिकारीले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा उक्त घुस रकमसहित नियन्त्रणमा लिएको प्रवक्ता अधिकारीले बताए ।

सवइन्जिनियर अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?