Comments Add Comment

साझा प्रकाशनको अध्यक्षमा डा. सुब्बा विजयी

काठमाडौैं । साझा प्रकाशन, सञ्चालक समितिको अध्यक्ष पदमा डा. विजय सुब्बा निर्वाचित भएका छन् । शुक्रबार गरिएको मतगणनाको क्रममा ४१२ मत ल्याएर सुब्बा निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव होम भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

साहित्यकार सुब्बा यसअघि पनि साझा प्रकाशनको सञ्चालक समिति सदस्यको रुपमा काम गरिसकेका व्यक्ति हुन् । उनी नेकपा ओली समूहका केन्ऽीय सदस्य एवं प्रतिनिधि सभाका सांसद पनि हुन् ।

मंगलबारदेखि सुरु भएको मतदान शुक्रबार सकिएको थियो । कुल ६४३ मत खसेकोमा अध्यक्ष पदका अर्का प्रत्यासी प्रजातान्त्रिक खेमाका जीवनचन्द्र कोइरालाले १८३ मत ल्याएका छन् भने ४८ मत बदर भएको सञ्चालक समितिका नवनिर्वाचित सदस्य डोरप्रसाद अर्यालले जानकारी दिए ।

जम्मा १४५७ जना सेयरधनीले मतदान गर्न पाउनेमा आधा पनि मत खसेन । अध्यक्षबाहेकका ३ जना सञ्चालकहरू यसअघि नै निर्विरोध चयन भइसकेका थिए जसमध्ये महिलातर्फ सीता कुमारी ओझा, खुल्लातर्फ डोरप्रसाद अर्याल र हरिप्रसाद भण्डारी निर्विरोध चयन भएका हुन् । दुई सदस्यीय लेखा सुपरीवेक्षण समितिमा भने कसैको पनि उम्मेदवारी दिएका थिएनन् ।

साझा प्रकाशनको विनियम अनुसार ३ वर्षमा पदाधिकारी निर्वाचित गर्नैपर्ने प्रावधान छ । पछिल्लो सहकारी नियमावली २०७५ अनुसार पनि २०७५ असार मसान्तभित्र साधारणसभा गरिसक्नुपर्ने उल्लेख थियो ।

तर साढे २ वर्षपछि बल्ल साझाको साधारण सभा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment