Comments Add Comment

लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

२५ पुस, काठमाडौं । एस्टन भिल्लालाई पराजित गर्दै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

प्रिमियर लिग लिडर लिभरपुलले गएराति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लालाई ४-१ ले पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेको हो ।

पहिलो रोजाइका केही खेलाडीलाई कोरोना पोजेटिभ भएपछि एस्टन भिल्लाले यूथ टिमलाई लिभरपुलविरुद्ध खेलाएको थियो । जहाँ लिभरपुलले खेलमा सुरुवातबाटै पकड जमाएको थियो ।

चौथो मिनेटमै साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए । तर४१ औं मिनेटमा एस्टन भिल्लाका बारीले गोल गर्दै खेल पहिलो हाफमा १-१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने लिभरपुल हावी बन्यो । एकपक्षिय जस्तै बनेको दोस्रो हाफमा लिभरपुलले तीन गोल थप्यो ।

६०औं मिनेटमा जर्जियानो विज्ननाल्डमले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलले ३-१ को अग्रता बनायो ।

६५औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई ४-१ को जित दिलाए ।

एफए कप अन्तर्गत नै गएराति भएको अर्को खेलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई १-० ले हराएको छ । उल्भ्सको जितमा एडमा ट्राओरेले ३५औं मिनेटमा निर्णयक गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment