+

पीएसएलको कुनै पनि टिममा नेपाली क्रिकेटर अटाएनन्

२०७७ पुष  २६ गते २०:५० २०७७ पुष २६ गते २०:५०
पीएसएलको कुनै पनि टिममा नेपाली क्रिकेटर अटाएनन्

काठमाडौं ।  पाकिस्तान सुपर लिग (पीएसएल) का कुनै पनि फ्रेन्चाइज टिमले नेपाली खेलाडीलाई अनुबन्ध गरेनन् ।

लेग स्पीनर सन्दीप लामिछाने, कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्कासहित  १० नेपाली खेलाडी ड्राफ्टमा समावेश भएका थिए ।

सन्दीप सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनमा थिए भने अरु ९ खेलाडी सिल्भर क्याटेगोरीमा थिए ।

तर आइतबार लाहोरमा भएको ड्राफ्टमा कुनै पनि फ्रेन्चाइजले नेपाली खेलाडीलाई रोजेनन् ।

सन्दीप समावेश प्लाटिनम क्याटेगोरीबाट क्रिस गेल, रासिद खान, क्रिस लिन, डेविड मिल्लर टम ब्यान्टम जस्ता खेलाडी पीएसलमा छनोट भएका छन् ।

ड्राफ्टमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल र अलराउण्डर पारस खड्का सहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख सिल्भर क्याटेगोरीमा समावेश थिए ।

हरेक टिमले कम्तीमा १६ र बढीमा १८ खेलाडी राखेका छन्, तर नेपाली खेलाडीहरू त्यसमा परेनन् ।

पीएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुनेछ ।

ज्ञानेन्द्र मल्ल पाकिस्तान सुपर लिग पारस खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय