
२७ पुस, काठमाडौं । बाक्लो हुस्सुका कारण आज सोमबार तराईका तीन वटा विमानस्थलमा उडान हुन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार भैरहवा, सिमरा र विराटनगरमा एउटा पनि उडान सम्भव भएन् ।
यी विमानस्थलमा उडान हुन नसक्दा आन्तरिक टर्मिनलमा अधिक भिडभाड भएको थियो । बुद्ध एयरको मात्र यी तीन वटा विमानस्थलका लागि आज निर्धारित २८ वटा उडान रद्द भएको छ ।
श्री र यति एयरका उडान समेत रद्द भएका छन् । विमानस्थल कार्यालयका अनुसार आज तराईका धेरैजसो उडान हुस्सुका कारण प्रभावित बने ।तर, अन्य विमानस्थलमा उडान रोकिएन् ।
अन्तर्राष्ट्रिय उडानहरु भने आज नियमित छन् । नेपालमा आन्तरिक उडान संख्यात्मक रुपमा कोरोनाकाल भन्दा अगासडि कै अवस्थामा पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4