+
+

एकता अभियानका लागि विवेकशील साझाद्वारा राजनीतिक संवाद समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १२:०६

२९ पुस, काठमाडौं । विवेकशील साझा पार्टीले अन्य राजनीतिक दलसँग एकता गर्नका लागि केशव दाहालको संयोजकत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ । राजनीतिक संवाद समितिमा रमेश पौड्याल, समिक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य छन् ।

विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि विवेकशीलले राजनीतिक संवाद समिति गठन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामर्थ्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको पाठकले बताए ।

राजनीतिक संवाद समितिका संयोजक दाहालले विवेकशील साझा पार्टीसँग मिलेर अघि बढ्न चाहने पार्टी, समूह, अभियान र व्यक्तिहरूलाई समितिसँग सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?