Comments Add Comment

प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद : महेश बस्नेत

१ माघ, विराटनगर । नेकपा ओली समूहका नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद भएको बताए ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘उहाँ पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ ।’

नेता बस्नेतले प्रधानमन्त्री ओलीले संविधानअनुसार नै संसद विघटन गरेको पनि जिकिर गरे । लोकतन्त्रको महत्त्वपूर्ण पक्ष आवधिक निर्वाचन हो भन्दै उनले विसंगतितर्फ जानुभन्दा डेढ वर्ष अघि चुनाव गर्नु उपयुक्त हुने धारणा राखे ।

६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद विघटन गरेकाले संसद पुनर्स्थापना गर्नु भनेको जनताको अभिमतको अपमान हुने बस्नेतको जिकिर छ । उनले पार्टीले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा अघि सार्नुपर्ने बताए ।

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि केपी शर्मा ओलीको स्वास्थ्य राम्रो भएको र प्रचण्ड-माधवले कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने सपना असफल भएको पनि बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment