
२ माघ, काठमाडौं । विवेकशील पार्टीले संसद विघटनविरूद्ध शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । लोकतन्त्रको बिरुवा नमार भन्ने प्लेकार्डसहित संसद विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको हो ।
“लामो संघर्ष तथा त्याग पछि प्राप्त लोकतन्त्र अहिले शैशवकालमा रहेको छ । यसलाई हुर्काउने तथा संस्थागत गर्नुपर्ने अहिलेको समयमा यसको घाँटी निमोठ्न खोज्नु देशको लागि अशुभ संकेत हो । सबै राजनीतिक दल तथा नागरिकहरूले लोकतन्त्रलाई सम्बर्द्धन तथा संरक्षण गर्नको लागि अगाडि लाग्नुपर्छ । त्यसैले प्रदर्शन गरिएको हो”, पार्टीका नेता शशिबिक्रम कार्कीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4