Comments Add Comment

‘ताण्डव’ विवादपछि सैफ र करिनाको घर अगाडि प्रहरीको सुरक्षा

वेव सिरिज ‘ताण्डव’ विवादमा परेको छ । यो सिरिज विवादमा परेसँगै यसमा अभिनय गर्ने कलाकारहरुको निजी जीवनमा पनि यसको असर पर्ने संकेत देखिएको छ । बलिउड नायक सैफअली खान र नायिका करिना कपुरको घर अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

यो सिरिजमा नायक खानले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यसैले, पनि यो सिरिजलाई लिएर प्रदर्शनकारीहरुले सैफको घर अगाडि प्रदर्शन गर्ने संभावना बढेपछि प्रहरीले सुरक्षा दिएको हो ।
सैफ भने मुम्बइमा नरहेको भारतीय मिडियाले बताएका छन् । तर, नायिका करिना कपुर भने घरमै छिन् ।

भारतीय जनता पार्टीका विधायक राम कदमले मुम्बइको घाटकोपर प्रहरी चौकीमा सिरिजको मेकर्सको विरुद्धमा उजुरी दर्ता गराएका छन् । हिन्दु देवी–देवताको अपमान गरेको भन्दै उनले उजुरी दर्ता गराएका हुन् । उनले, सिरिजका कलाकार, निर्माता र निर्देशकलाई कारवाहीको माग समेत राखेका छन् ।

यस्तै, वीजेपी सांसद मनोज कटोकले सूचना तथा प्रशारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेख्दै वेव सिरिजमाथि प्रतिवन्ध लगाउन माग समेत गरेका छन् । उनले, यो सिरिजका निर्देशकले जानेर नै हिन्दु देवताको मजाक उडाएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment