Comments Add Comment

सफलता नचुमेसम्म बिहे गर्दिनँः भूमिका गिरी

भूमिका गिरी एक दशकदेखि गायनमा सक्रिय छिन् । ‘तिउन मिठो बनायो चुकैले’, ‘गोरखपुरको सलाई’, ‘सरर आउ माया’, ‘तारासँगै जून’ लगायतका दर्जनौ गीत गाएकी भूमिका स्टेज तताउन माहिर मानिन्छिन् । केही दिनअघि मात्रै ‘चोली मैलो भो’बोलको गीत ल्याएकी भूमिकासँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी यहाँ प्रस्तुत गरिएको छः

बिहान कति बजे उठ्नुहुन्छ ?
साँझ कति बजे सुतिन्छ, त्यो अनुसारको बिहानको सेड्यूल तय हुन्छ । मलाई कम्तीमा ७ घण्टा सुत्नुपर्छ । सुत्ने समय ठ्याक्कै यती बजे भन्ने छैन ।

तपाई अल्छी कि जाँगरिली ?
म अवस्था अनुसारकी छु । केही काम छैन भने धेरै नै अल्छी गरिदिने, केही काम छ भने जतिबेला पनि तयार हुने बानी छ ।

खाली समय कसरी बिताउनुहुन्छ ?
खाली समयको साथी इन्टरनेट हो । जानकारीमूलक भिडियो हेर्छु, कसैको अन्तरवार्ता हेर्छु, समाचार पढ्छु ।

फेसबुकमा कति समय बिताउनुहुन्छ ?
फेसबुकमा पनि समय बिताइरहेकी हुन्छु । तर हिजोआज एकदमै कम भएको छ । हिजोआज टिकटक बढी चलाउँछु ।

नचिनेको नम्बरबाट फोन कत्तिको आउँछ ?
खासै आउँदैन । कहिलेकाही त मसँग मोबाइल छ कि छैन त्यो पनि थाहा हुँदैन ।

सोसल मिडियामा म्यासेजहरु कत्तिको आउँछ ?
म्यासेज धेरै नै आउँछ ।

फेसबुकमा हालसम्म कतिजनालाई अनफ्रेण्ड गर्नुभयो ?
फेसबुकमा ५ हजार भन्दा धेरै साथी बनाउन नमिल्ने भएकाले सक्रिय नहुने तथा नचिनेको व्यक्तिहरुलाई अनफ्रेण्ड गरेर चिनेको ब्यक्तिहरुलाई फ्रेण्ड बनाउने क्रम चलिरहनछ ।

कसैले अनावश्यक म्यासेज पठाउने गरेका कारण अनफ्रेण्ड गर्नुभएको छ कि छैन ?
उनीहरुलाई कहाँ अनफ्रेण्ड मात्र गर्नु, सिधै ब्लक हान्छु । केहीलाई ब्लक गरेकी पनि छु ।

सांगीतिक क्षेत्रबाट कमाएको पहिलो कमाई याद छ ?
याद छ नी । दोहोरी साँझमा काम गर्दा पहिलो महिना १० हजार रुपैयाँ कमाएकी थिएँ ।

त्यो कमाइले के–के गर्नुभएको थियो ?
कोठाभाडा तिरेकी थिएँ । घरमा पठाएको थिएँ ।

के गर्दा खुशी मिल्छ ?
एउटा दर्शक किन नहोस् मलाई स्टेजमा गएर गाउँदा एकदमै खुशी मिल्छ ।

नेपालमा मनपर्ने ठाउँ कुन हो ?
म तराईमा हुर्केको मान्छे, मलाई पहाड मनपर्छ । पोखरा, स्याङजा, बाग्लुङ मनपर्छ ।

बिहे कहिले गर्ने ?
बिहे भन्ने कुरा जुरेर आउने रहेछ । मेरो जुरेको छैन भनेर चित्त बुझाएको छु ।

प्रेममा हुनुहुन्छ ?
छैन–छैन ।

बिहेको लागि घरबाट प्रेसर छैन ?
घरबाट त धेरै पहिल्यैदेखि भनिरहनुभएको हो । तर, म आफूले सोचेको सफलतामा पुगिसकेकी छैन । सफलता चुमेपछि मात्र बिहे गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment