Comments Add Comment

ब्राजिलमा अक्सफोर्ड र चिनियाँ कोरोना खोपलाई अनुमति

५ माघ, काठमाडौं । ब्राजिलले अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको र चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । यससँगै ब्राजिलमा कोरोना खोप कार्यक्रम पनि सुरु भएको छ । सोमबार साओपाउलोकी ५४ वर्षीया नर्सलाई पहिलोपटक कोरोना खोप दिइएको हो । उनले सिनोभ्याकको कोरोना खोप लगाएकी हुन् ।

दक्षिणी गोलार्धमा कोरोनाबाट सबैभन्दा प्रभावित बनेको ब्राजिलले यी दुवै खोप आफ्नो सबै २७ राज्यमा पठाउने बताएको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले निरन्तर कोरोनाको बेवास्ता गर्दै आएका थिए । त्यसैले ब्राजिलमा कोरोना संक्रमण फैलिनुमा राष्ट्रपतिको कमजोर व्यवस्थापन मुख्य कारण भएको आरोप बोल्सोनारोका आलोचकले लगाउँदै आएका छन् । ब्राजिलमा अहिलेसम्म कोरोनाबाट दुई लाख नौ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ८४ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ ।

ब्राजिलमा कोरोना महामारी अत्यधिक राजनीति हुने क्षेत्र बनेको छ । राष्ट्रपति बोल्सोनारोले कोरोना खोपबारे आशंका व्यक्त गर्दै आएका छन् । यद्यपि साओ पाउलोका गभर्नर जोआओ डोरियाले भने ब्राजिलमा खोप ल्याउनुपर्ने पक्षमा वकालत र पहल गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment