Comments Add Comment

बूढानीलकण्ठमा अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल बनाउने निर्णय

५ माघ, काठमाडौं । नेपालको राष्ट्रिय खेल हो भलिबल । तर यही खेलको आफ्नै कभर्डहल भने अहिलेसम्म छैन । सरकारले पनि राष्ट्रिय खेललाई नाम अनुसारको सहयोग गरेको छैन ।

नेपाल भलिबल संघ आफैँमा पनि कभर्डहल निर्माणका लागि जग्गाको खोजीका साथै बजेट जुटाउन जुटिरहेको छ ।

यसै बीच नेपाल भलिबल संघ एनभीएले काठमाडौंको बूढानीलकण्ठमा अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल बनाउने निर्णय गरेको छ ।

सोमबार काठमाडौंमा बसेको संघको कार्यसमिति बैठकले बूढानीलकण्ठमा अन्तर्राष्ट्रिय स्तरको भलिबलको कभर्डहल बनाउने निर्णय गरेको हो । यसअघि संघले ललितपुर र कीर्तिपुरमा पनि जग्गा हेरेको थियो । तर बूढानीलकण्ठ नै उपयुक्त रहेको संघले ठहर गरेको छ ।

‘हामीले विभिन्न चरणको प्रयासपछि ढानीलकण्ठमै अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल बनाउने निर्णय गरेका छौँ,’ एनभीए अधयक्ष मनोरञ्जनरमण शर्माले अनलाइनखबरसंग भने । ‘हामीले बनाउने ठाउँ चयन गरेका छौँ । अब त्यो जग्गा उपलब्ध गराइपाउँ भनेर निवेदन दिएका छौँ । त्यो स्वीकृत भएर आएपछि शिलन्यास गर्नुपर्‍यो । त्यसपछि त्यसको डीपीआर तयार पारेर निर्माण कार्य अघि बढाउनेछौँ ।

यसका लागि संघले अध्यक्ष शर्माको संयोजकत्वमा एउटा कमिटी पनि बनाएको छ ।

अध्यक्षले शर्माले विभिन्न चरणमा यो काम गर्ने बताइँरहँदा यसको लागि उत्तिकै चुनौतीहरु सामना गरेका छन् र अझै पनि चुनौती हरु रहेको र बजेट जुटाउनु मुख्य काम रहेको सुनाए । ‘मुख्य कुरो बजेट नै हो । अब हामी राष्ट्रिय खेलकुद परिषद नेपाल ओलम्पिक कमिटी सरकार लगायत सबैसंग आग्रह गर्छौँ ।’ शर्माले भने । ‘यस्तै अन्तर्राष्ट्रिय स्तरमा पनि सहयोगका लागि एफआईभिबीसंग आग्रह गर्छौँ ।’

कभर्डहलका लागि जग्गा राप्त गरेर विस्तृत परियोजना रिपोर्ट डीपीआर बनाएपछि कति बजेट लाग्ने भन्ने थाहा हुनेछ ।

शर्माले राष्ट्रिय खेल भलिबलको लागि सबैतिर हात फैलाएर सहयोग जुटाउनुपर्ने तितो सत्यलाई आत्मसाथ गरेका छन् ।

गत वर्ष नापल भलिबल संघले नेपालमै पहिलो पटक एभिसी मेन्स सिनियर सेन्ट्रल जोन आयोजना गरेर नेपालले पनि गर्न सक्छ भनेर देखाएको थियो । साथै नेपालको महिला टिमले एकै वर्ष एउटा उपाधि जित्नुका साथै सागमा समेत रजत जितेर ऐतिहासिक उपलब्धि हासिल गरेपछि सरकार लगायत सरोकारवाला निकायको पनि आँखा खुलेको थियो ।

पुरुष प्रतियोगिता त संघले लगनखेलस्थित आर्मीको कभर्डहल मागेर गर्नुपरेको थियो ।

त्यसैले सरकारले पनि राष्ट्रिय खेल भलिबलको लागि कभर्डहल बनाउन सहयोग गर्ने आश्वासन दिन थालेको थियो । सरकारले सहयोग गर्ने बचन दिएपनि संघले उपयुक्त जग्गा प्राप्त गर्न नसक्दा यो काम ढिला भएको थियो । यस्तै कोरोना महामारीले गर्दा खेलकुद गतिविधि ठप्प हुँदा यो काम अझै ढिलो भयो ।

तर संघले अब भने ढानीलकण्ठमै भलिबल कभर्डहल बनाउने निर्णय गरेको छ । त्यहाँ करिब ५ हजार क्षमता बराबरको कभर्डहल बन्ने अध्यक्ष शर्माले बताए ।

यसैगरी एनभीए बैठकले पोखरामा एनभिए क्लब लिग भलिबल प्रतियोगिता चैतमा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment