+
+
Shares

नयाँ सुजुकी डिजायर सार्वजनिक, यस्तो छ मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते २१:४७

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले डिजायरको नयाँ संस्करण सार्वजनिक गरेको छ।

२०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइन सहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसियासँगै आधुनिक वुड फिनिस इन्टेरियर रहेको कम्पनीले जनाएको छ।

यसमा आइएसएस फक्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भिभिटी बिएस६ इन्जिन राखिएको छ।

११९७ सिसीको यो इन्जिनले ६६ किलोवाट पावर र ११३ एनएक टर्क उत्पन्न गर्छ।

नयाँ इन्जिन पहिलेको भन्दा परिस्कृत छ। जसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ। म्यानुअल ट्रान्समिसनमा माइलेज २३.२६किलोमिटर प्रति लिटर रहेको कम्पनीको दावी छ।

यसमा ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टी इन्फर्मेसन टिएफटी डिस्प्ले प्रयोग गरिएको छ।

याे गाडीमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रुमेन्ट प्यानललाई नेचुरल ग्लस फिनिस दिएको छ। नयाँ डुअल टोन सिटले क्याबिनको आकर्षणलाई बढाएको छ।

त्यस्तै यसमा १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो टच इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ।

सुरक्षाको लागि यसमा एजिएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिलहोल्ड फङ्सन रहेको छ। जसले गाडीबाट चिप्लन बचाउनुका साथै उकालोमा रोकिनुपर्ने अवस्थामा सहज रुपमा गाडीलाई पिक लिन मद्दत गर्छ।

यसमा फ्रन्ट र रियर दुवै ब्रेक ठूलो आकारको रहेको छ। जसले गर्दा ब्रेकिङ सजिलो बनाउनुका साथै ब्रेकको आयु पनि बढाउँछ।

नयाँ डिजायरको सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्ट्रेन सिस्टम र इबिडीसहितको एबीएस रहेको छ।

२०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आइएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स फिचर राखिएको सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले बताए।

‘नेपाली ग्राहकले खोजे जस्तो स्टेट अफ आर्ट डिजाइन र अत्याधुनिक प्रविधि भएकोले हामीलाई विश्वास छ नयाँ डिजायरबाट ग्राहक हरेक हिसाबले सन्तुष्ट हुनुहुनेछ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?