+

चेल्सीलाई हराउँदै लेस्टर शीर्ष स्थानमा

२०७७ माघ  ७ गते ६:५९ २०७७ माघ ७ गते ६:५९
चेल्सीलाई हराउँदै लेस्टर शीर्ष स्थानमा

७ माघ, काठमाडौं । लण्डन क्लब चेल्सीलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

गएराती घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई २-० ले पराजित गरेको लेस्टर दुई म्यानचेष्टर क्लबलाई उछिन्दै शीर्ष स्थानमा पुगेको हो ।

किङ पावर स्टेडियमा भएको खेलमा लेस्टरले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलो छैटौं मिनेटमै विलफ्रड एनदीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा जेम्स म्याडिसनले दोस्रो गोल गरे ।

जितपछि म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीलाई पछि पारेको लेस्टर १९ खेलबाट ३८ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो । १८ खेलबाट ३७ अंकसहित युनाइटेड दोस्रो र १७ खेलबाट ३५ अंक जोडेको सिटी तेस्रो स्थानमा छ ।

लेस्टरसँग पराजित चेल्सी भने १९ खेलबाट २९ अंकसहित नवौं स्थानमा छ ।

वेष्टब्रोमलाई २-१ ले पराजित गरेको वेष्टह्याम भने १० खेलबाट ३२ अंक जोड्दै सातौं स्थानमा उक्लेको छ ।

 

 

चेल्सी प्रमियर लिग लेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय