Comments Add Comment

स्वस्थ जीवनको चार मानक 

तपाईं-हामी कति स्वस्थ छौं ? यसको सामान्य आंकलन हामी गरिरहेकै हुन्छौं । सबैकुरा ठीकठक छ वा शरीरमा कुनै दुःख–पीडा छैन भने हामी ठान्छौं,  म स्वस्थ छु ।

राती सही समयमा निद्रा लग्छ, सही समयमा भोक लाग्छ, सही समयमा दिसा–पिसाब लाग्छ । सामन्य अवस्थामा कुनैपनि किसिमको पीडा अनुभव हुँदैन, शरीरमा घाउ खटिरा आएको छैन । थकान, कमजोरी महसुष हुँदैन । हिँडडुलमा समस्या छैन । यस्तो अवस्थामा हामी सोच्छौं, म ठीक छु ।

यसबाहेक कतिपयले नियमित स्वास्थ्य जाँच पनि गर्छन् । शरीरका विभिन्न अंग र अवस्थाको जाँचपछि रिपोर्ट सामान्य देखिएपनि हामीलाई लाग्छ, मलाई कुनै रोग छैन ।

तर, यो शारीरिक अवस्थाको कुरा मात्र हो । हुन त हामी शारीरिक रुपले स्वस्थ र तन्दुरुस्त छौं भने अन्य धेरै हिसाबले ठीक हुन सक्छौं । यद्यपि शारीरिक रुपमा स्वस्थ वा तन्दुरुस्त हुनुले मात्र कुनैपनि व्यक्ति स्वस्थ छ भन्न सकिदैन । यसका लागि हामी चार हिसाबले स्वस्थ हुन जरुरी छ ।

एक, शारीरिक ।

दुई, मानसिक ।

तीन, आध्यात्मिक ।

चार, सामाजिक ।

शारीरिक स्वस्थ्य

जब हाम्रो अंगहरुले सही ढंगले काम गरिरहेको छ । कुनै पीडा, दुखाई अनुभव छैन । थकान हुँदैन । दिसापिसाब सही समयमा हुन्छ, भोक सही समयमा लाग्छ, निद्रा सही समयम लाग्छ । तब हामी शारीरिक रुपले ठीक छौं । हामीलाई कुनै पनि किसिमको दीर्घ रोग लागेको छैन । मधुमेह, उच्च रक्तचाप, कोलेस्टोर, थाइराइड, दम, वाथ आदि कुनैपनि समस्या छैन भने हामी शारीरिक रुपले ठीक छौं ।

मानसिक स्वास्थ्य

शारीरिक स्वास्थ्य भौतिक कुरा हुन् । तर, यससँग हाम्रो मानसिकता पनि अभिन्न रुपमा जोडिएको हुन्छ । हाम्रो मानसिकता नै खराब छ वा मानसिक रुपमा हामी कमजोर छौं भने हाम्रो शरीरका अंगहरुले सही रुपमा काम गर्न सक्दैन । यसको नकारात्मक असर कुनै न कुनै रुपमा परिरहेको हुन्छ । त्यसैले हाम्रो मनस्थिती, मुड सही हुन जरुरी छ । चिन्ता, तनाव, बेचैनी, डिप्रेसन आदिबाट मुक्त हुनुपर्छ । अर्थात मानसिक रुपले पनि हामी स्वस्थ हुन जरुरी छ ।

आध्यात्मिक स्वास्थ्य

आध्यात्मिक भन्नसाथ धेरैले धर्मकर्मसँग जोडेर हेर्छ । तर, यो आफैमा विज्ञान हो । आफ्नो स्वरुपको ज्ञान हुनु हो । आध्यात्मिक ज्ञानले जीवन र जगतलाई प्रष्टसँग बुझ्ने मौक दिलाउँछ । यसले नैतिक र सुसंस्कृत जीवनयापनका लागि अभिप्रेरित गर्छ ।

सामाजिक स्वास्थ्य

हाम्रो शरीर, मनसँग सधै जोडिएर आउने कुरा हो, समाज । जब हामी समाजसँग घुलमिल भएर, आपसी सद्भाव र सहयोग आदनप्रदान गरेर, भावनात्मक सम्बन्धहरु स्थापित गरेर, एकअर्काको आडभरोसा बनेर जीवन बिताउन थल्छौं, तब हामी धेरै समस्याहरुबाट मुक्त हुन्छौं । साथीभाई, आफन्त, इष्टमित्र, छिमेकीसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नु नै सामाजिक जीवन सफल हुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment