Comments Add Comment

पीएम कप क्रिकेटमा बागमतीको लगातार तेस्रो जित

९ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार तेस्रो जित हात पारेको छ ।

समूह बी अन्तर्गत शक्रबार मुलपानी मैदानमा भएको खेलमा बागमतीले प्रदेश २ लाई ६ विकेटले पराजित गरेको हो ।

लगातार तेस्रो जितपछि बागमती सेमिफाइनल नजिक पुगेको छ । बागमतीले यसअघि नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो ।

प्रदेश २ ले दिएको १८० रनको लक्ष्य बागमतीले ४८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

बागमतीका लागि पृथु बास्कोटाले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए । उनले ७५ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । पृथुको यो लगातार दोस्रो अर्धशतक हो । यस्तै यस प्रतियोगितामा पहिलो खेल खेलेका बिभत्सु थापाले ४७ र ओपनर आकाश थापाले ३२ रन जोडे । इशान पाण्डेले १५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा अविजित रहे ।

अलराउण्डर पारस खड्का सुरुवाती दुई खेल खेलेर टी१० लिगका लागि युएई प्रस्थान गरेपछि बिभत्सुले पहिलो रोजाइमा खेल्ने अवसर पाएका थिए ।

प्रदेश २ का हरिशंकर शाहले २ तथा विशाल सुस्लिङले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४८.२ ओभर खेल्दै सबै विकेट गुमाएर १७९ रन बनाएको हो ।

नवौं नम्बरमा ब्याटिङ गरेका विवेक यादवले अर्धशतक प्रहार गरेपछि प्रदेश १ ले बागमति प्रदेशलाई १८० रनको लक्ष्य दिएको थियो । प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ६६ रन बनाए । उनले ७४ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

२५औं ओभरमा टिमको स्कोर ६९ हुँदा ७ विकेट गुमाएको प्रदेश २ को इनिङ्स उकास्न विकेटले महत्वपूर्ण ब्याटिङ गरे । विवेकले आठौं विकेटका लागि राहुल प्रताप सिंहसँग ५३ रनको साझेदारी गरे । यस्तै नवौं विकेटका लागि कुमार थापासंग ४६ रनको साझेदारी गरे ।

कुमार थापाले २२ र राहुल प्रताप सिंहले १८ रन जोडे । यस्तै सुधिर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रन जोडे ।

बलिङमा बागमतीका गौतम केसीले ४ विकेट लिए । जारी प्रतियोगितामा पहिलो खेल खेलेका उनले १० ओभर बलिङ गर्दा १ मेडन राख्दै २९ रन खर्चिए । यस्तै रामनरेश गिरीले १० ओभरमा ३ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए । नन्दन यादव, तिलक भण्डारी र विपिन आर्चार्यले समान १ विकेट लिए ।

बागमतीका गौतम केसी म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment