१२ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफबीचको खेल टीयू मैदानमा भइरहेको छ ।
जारी खेलमा एपीएफले आर्मीलाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको हो ।
एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए । यस्तै सुवास खकुरेलले ३८, सन्दिप जोराले २८, अमर राउटेलाले २६, शरद भेषावकरले २४ र वसन्त रेग्मीले २० रन बनाए ।
आर्मीका लागि हरिबहादुर चौहानले ४ विकेट लिए । यस्तै शहाब आलमले २ तथा आकाश चन्द, विक्रम सोव र सुशन भारीले समान १ विकेट लिए ।
प्रतिक्रिया 4