Comments Add Comment

थोमस टुचेल चेल्सीको नयाँ प्रशिक्षक

१४ माघ, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले थोमस टुचेललाई क्लबक नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

लण्डन क्लब चेल्सीले टुचेललाई मंगलबार १८ महिनाको लागि नियुक्त गरेको हो र यसलाई अझ बढाउने विकल्प समेत रहेको छ ।

चेल्सीले क्लब लेजेण्ड फ्राङ्क लाम्पार्डलाई बर्खास्त गरेको भोलिपल्ट टुचेललई म्यानेजर बनाएको हो । अब टुचेलले उनै लामपार्डको स्थान लिनेछन् ।

टुचेलले यसअघि फ्रेन्च क्लब पीएसजीमा दुई लिग उपाधि, फ्रेन्च कप र फ्रेन्च लिग कप जितेका थिए ।

म नयाँ टिम भट्न आतुर छु र उत्कृष्ट लिग फुटबलमा प्रतिस्पर्धा गर्न तयार छु । चेल्सी परिवारपेरति म आभारी छु ४७ वर्षीय टुचेलले भने ।

उनले लाम्पार्डले चेल्सीमा फ्नो कामबाट लेगेसी बनाएको भन्दै सम्मान गर्नुपर्ने बताए ।

सन् २००३ मा रसियन बिलियनिय रोमन एब्राहिमोभिचले क्लब किनेपछि प्रशिक्षक बन्ने टुचेल ११औं व्यक्ति हुन् ।

चेल्सीका डिरेक्टर मारिना ग्रानोभस्काएले टुचेल युरोपकै बेस्ट कोच मध्ये एक भएको र यस सिजन अझै खेलहरु बाँकी रहेको र उपलब्धि हासिल गर्न बाँकी रहेको बताए ।

टुचेलले अब बुधबार वल्भ्सविरुद्ध प्रिमियर लिगमा टिम सम्हाल्नेछन् । उनी मंगलबारै टिमको ट्रेनिङमा सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment