Comments Add Comment

आत्मसन्तुष्टी र राष्ट्रियताका लागि भिडियो निर्देशन गरेँः रोशनी केसी

रोशनी केसीले चलचित्र ‘जानी जानी’ निर्माण गरिन् । यो चलचित्र बक्स अफिसमा नचलेपछि उनी अब कथा भन्ने शैलीलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचमा छिन् । यसैले, अब आफूले बनाउने चलचित्रका लागि स्क्रिप्टमा विशेष ध्यान दिइरहेको केसी बताउँछिन् ।

उनै, केसीले केही समय अगाडि एउटा राष्ट्रिय गीतको म्यूजिक भिडियो निर्देशन गरिन् । ‘त्यही सच्चा नेपाली’ बोलको गीतको भिडियो निर्देशन गरेकी रोशनीले सबैबाट राम्रो प्रतिक्रिया पाएको बताएकी छिन् ।

यो भिडियोमा उनले ३० भन्दा बढी कलाकारलाई अभिनय गराएकी छिन् । ४ दिन लगाएर भिडियो छायांकन गर्न सजिलो नभएपनि आफूले काम गरेको रोशनी बताउँछिन् । आफूले आत्मसन्तुष्टी र राष्ट्रियताको लागि यो भिडियो निर्देशन गरेको उनले बताएकी छिन् ।

भिडियो निर्देशन गरेपनि चलचित्र निर्देशन गर्ने कुनै सोच भने आफुलाई नभएको उनले बताइन् । रोशनी भन्छिन्–‘भिडियोबाट प्राप्त प्रतिक्रियाले उर्जा मिलेको छ । तर, म अन्य म्यूजिक भिडियो र चलचित्र निर्देशन गर्न तयार छैनँ ।’

लकडाउनपछि दर्शकलाई केही नयाँ कोसेली पस्कन पर्छ भन्ने सोचेरै आफूले गायिका देविका बन्दनाको स्वरको गीतमा भिडियो निर्देशन गरेको उनको तर्क छ । रोशनीले निर्देशन गर्ने सोच नभएपनि चलचित्र निर्माणलाई भने निरन्तरता दिने उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment