+
+
Shares

पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा तालिम शुरु 

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २० गते १०:२७

 

२० माघ, काठमाडौं । टुरिजम रिकोभरी टास्कफोर्स (टीआरटीएफ नेपाल)ले मंगलबारबाट पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी पहिलो चरणको प्रशिक्षक प्रशिक्षण तालीम शुरु गरेको छ । लुम्बिनी प्रदेशको बुटवलमा पहिलो चरणको तालिम शुरु भएको छ । जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा देशैभर यस्तो तालीम संचालन गरिने भएको छ छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिएका नगरपालिकामा स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षक (स्थानीय चाम्पियन्स) विकास गर्ने लक्ष्य राखेर टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी र पाटा नेपाल च्याप्टरका सीइओ सुरेश सिंह बुडाल प्रशिक्षणमा खटिएका छन् । प्रशिक्षक प्रशिक्षण कार्यक्रम रुपन्देही, दाङ, बाँके, सुर्खेत र कैलाली गरी १ फागुनमा धनगढीमा समापन हुने भएको छ ।

नमुनाका रुपमा सुरु गरिएको यस कार्यक्रम अन्तर्गत प्रत्येक नगरपालिकामा पाँच जना प्रश्ािक्षक तयार गरी उनिहरु मार्फत प्रत्येक नगरपालिकामा पर्यटनसँग सम्बन्धित २५० जना स्थानीय साना तथा मझौला उद्यमीहरुलाई प्रशिक्षित गर्ने योजना रहेको छ । यसबाट पश्चिम नेपालमा कूल २,७५० सेवा प्रदायक तथा व्यवसायीलाई स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आगामी एक महिना भित्र प्रशिक्षित गरिने भएको छ ।

पर्यटनमा सरसफाई र स्वच्छताको विषय साविक देखि नै चुनौतीका रुपमा रहेको थियो । कोरोना महामारी पछि स्वास्थ्य सुरक्षा मुख्य चासो रहेको सन्दर्भमा स्वच्छ र सफा नेपाल बनाई नेपालको सुुन्दर छवी स्थापित गर्न सहयोग पुग्ने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?