+

चौदण्डीगढीको पोष्टमा आर्मीको १२ गोल, शर्मिलाले गरिन् ५ गोल

२०७७ माघ  २१ गते १७:२७ २०७७ माघ २१ गते १७:२७
चौदण्डीगढीको पोष्टमा आर्मीको १२ गोल, शर्मिलाले गरिन् ५ गोल

२१ माघ, काठमाडौं । शर्मिला थापाको हयाट्रिक मद्दतमा त्रिभुवन आर्मी फुटबल क्लबले महिला राष्ट्रिय लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले चौदण्डीगढीलाई १२-० ले पराजित गरेको हो ।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरिन् । यस्तै सपना लामाले दुई तथा कप्तान अन्जली वाइबा, हेमा चौधरी, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले एक/एक गोल गरे ।

पहिलो हाफमै ८ गोल गरेको आर्मीले दोस्रो हाफमा चार गोल थपेको थियो ।

शर्मिलाले खेलको छैटौं, १२औं र २३औं मिनेठमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । उनले २९औं र ३६औं मिनेटमा पनि गोल थपिन् ।

सपना लामाले ८७औं र ९०औं मिनेटमा गोल गरिन् ।

खेलको तेस्रो मिनेटमै हेमाले गोल गरेकी थिइन् । यस्तै कप्तान अन्जलीले आठौं, विमला चौधरीले ३०औं, बिमला विकले ४८औं र रश्मि घिसिङले ८४औं मिनेटमा गोल गरिन् ।

जितपछि ६ खेलबाट १३ अंक जोडेको आर्मी दोस्रो खेलमै छ । आर्मीले शीर्ष स्थानको एपीएफसँग अंक दूरी ५ मा झारेको छ ।

लगातार छैटौं हार बेहोरेको चौदण्डीगढी अझै अंकविहीन छ ।

महिला राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय