Comments Add Comment

न्यायाधीशले सरकारी वकिललाई भने-अब नेपालतिर आउनुस्

२२ माघ, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गरिरहेका छन् । बुधबारबाट बहस सुरु गरेका उनको बिहीबार पनि बहस जारी छ ।

पाण्डेले बारम्बार विभिन्न देशको संसद विघटनको अभ्यास र प्रधानमन्त्रीको अन्तरनिहित अधिकारको कुरा उल्लेख गरिरहेका छन् । नेपालको अभ्यास र नेपालको संविधानभन्दा बाहिर गएर लामो बहस गरेका उनलाई इजालसले पटकपटक नेपालमा केन्द्रित हुन सचेत गराएको छ । ‘अब नेपालतिर लागौ न’ बिहीबार ४५ मिनेट जति पाण्डेयले बहस गरेपछि न्यायाधीश अनिलकुमार सिन्हाले भने ।

पाण्डेयले भने, ‘अब आउछु श्रीमान’

सिन्हाले फेरि भने, अब नेपालतिरै आउनुस् न ।’

इजलासबाट नेपालतिरै आउन आग्रह भएपछि पाण्डेय ०४७ को संविधानले गरेको व्यवस्थामा ब्याख्यामा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment