+
+
Shares

न्यायाधीशमाथिको वक्तव्यबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय समितिले सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिने तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ।
  • कानुन, न्याय तथा संसदीय समितिले समाज कल्याण परिषद्मार्फत स्पष्टीकरण माग गर्न सम्बन्धित मन्त्रालयलाई निर्णयसहित निर्देशन दिएको छ।
  • एमनेष्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचले न्यायाधीशहरूलाई महाअभियोगको चेतावनी दिएको विषयमा मन्त्री सोबिता गौतमले प्रमाण मागेकी छन्।

२० साउन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब भएको भनेर तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिले निर्देशन दिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई स्पष्टीकरण माग गर्न निर्देशन दिने निर्णय गरेको हो ।

समाज कल्याण परिषद्मा स्पष्टीकरण दर्ता हुने भएकाले समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई स्पष्टीकरण माग गर्न निर्देशन दिएको हो ।

एमनेष्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचले विज्ञप्ति निकालेर सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

सो विषयमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले स्पष्टीकरण पनि दिएकी थिइन् ।

साथै, उक्त स्पष्टीकरण समितिमा उपलब्ध गराउन निर्देशन दिने निर्णय पनि भएको समिति सभापति समीक्षा बाँस्कोटाले जानकारी गराइन् ।

तीन वटा सस्थाले नामै किटान गरेर सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, हरि फुयाल र कुमार रेग्मीलाई राजीनामा दिन दबाब दिइएको र राजिनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भनेर लेखेका थिए ।

यसको आधार र प्रमाण के हो भन्ने थाहा दिनुपर्ने मन्त्री गौतमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?